प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

View

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । सर्वाेच्च अदालतको निर्णय अनुसार पुनस्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिन नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएका हुन् ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

‘आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ,’ प्रेस सल्लाहकार न्यौपानेले विकासन्युजसँग भने ।

निवर्तमान प्रधानमन्त्री ओलीले जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेका थिए । सो विघटन विरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमा सुनुवाई गर्दै सर्वाेच्च अदालतले असार २८ फैसला गरेर प्रतिनिधिसभा विघटन असंबैधानिक रहेको ठहर गरेर पुनस्थापना गरेको थियो ।

सर्वाेच्चले प्रतिनिधिसभा विघटन असंबैधानिक ठहर गर्दै पुनस्थापना गरेपछि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएका थिए । यस्तै, मन्त्रिपरिषदको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा बैठक बोलाएकी छन् ।

पुनस्थापना पछि पहिलो पटक बस्न लागेको प्रतिनिधिसभा बैठकको पहिलो दिन नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन् । अहिलेको सत्ता गठबन्धनमा बहुमत पुग्ने देखिदैन । प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनको लागि संस्थापन पक्षसँग असन्तुष्ट रहेको नेकपा एमालेको माधव कुमार नेपाल तथा झलनाथ खनाल समुहले पनि विश्वासको मत