मौद्रिक नीति ल्याउन राष्ट्र बैंकले पूर्व गभर्नरसँग छलफल गर्दै, प्रवक्ता भन्छन्ः उपर्युक्त समयमा आउँछ

View

काठमाडाै । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याउने बताएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताएका हुन् । यसका लागि पूर्व गर्भनरहरुसँग छलफल भइरहेकाे पनि उनले बताए ।

‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ, एक दुईवटा सरोकारवाला खासगरी पूर्व गर्भनरज्यूहरु सँग सुझाव संकलन गर्ने काम बाँकी छ । र सो सुझाव संकलनको आधारमा हामी मौद्रीक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ,’ उनले भने ।

सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकार समेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आउन ढिलाई हुने बताएका थिए । उनले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मलेनको आयोजना गर्दै मौद्रिक नीति ल्याउन ढिलाई हुने बताएका  थिए ।

मन्त्रालयका विभिन्न विभाग र राष्ट्र बैंकसँग यसका लागि समन्वय र छलफल भइरहेकाे बताउँदै उनले माैद्रिक नीति आउन समय लाग्ने प्रष्ट पारेका थिए ।

सरकार फेरिएपछि मौद्रिक नीति कहिले आउँछ भन्ने अहिले सबैको चासोको विषय बनेको छ । ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट अनुसारको मौद्रिक