विश्वभर साढे ३ अर्ब डोज खोप लगाइयो, ४१ लाखले गुमाए ज्यान

विश्वभर साढे ३ अर्ब  डोज खोप लगाइयो, ४१ लाखले गुमाए ज्यान thumbnail
View

Clickmandu

प्रकाशित मिति : 18 July, 2021


एजेन्सी । कोरोनाको खोप लगाउनेको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको छ । पछिल्लो विवरणअनुसार विश्वभर ३ अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप लगाइएको छ ।

कोरोनाविरुद्धको खोप लगाएका १० देशको तथ्याङ्कमा सो विवरण समावेश छ । चीनमा १ अर्ब ४३ करोड ७६ लाख २३ हजार डोज खोप र भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

साथै अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज खोप, ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज खोप लगाइएको छ ।
जर्मनी ८ करोड ५६ लाख १५ हजार ४३० डोज खोप लगाइएको छ भने बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज खोप लगाइएको छ ।

जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज खोप, टर्कीमा ६ करोड २९ लाख ६४ हजार २४१ डोज खोप र इटाली ६ करोड ११ लाख २ हजार ९८७ डोज खोप लगाइएको छ ।

४० लाख ८२ हजारले गुमाए ज्यान
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८२ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८२ हजार ३४९ जनाको मृत्यु भएको छ ।

विश्वभरी कूल संक्रमितको संख्या १८ करोड ९९ लाख ९८ हजार ९५७ जना रहेका छन । विश्वभर ३ अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।