एनएमबि बैंकसंगको सहकार्यमा शुरु भयो दराजको महाबचत बजार, म्याक बुक प्रो १३ जित्ने मौका

View

काठमाडौं । अनलाइन बजार दराजले एनएमबि बैंकसँगको सहकार्यमा महाबचत बजार शुरु हुने घोषणा गरेको छ । साउन ३ गतेदेखि शुरु भएको यस अभियानको मुख्य उदेश्य ग्राहकका लागि बचत साथै अनलाइन प्री-पेमेन्ट प्रबर्धन गर्नु हो ।

अभियान अन्तर्गत सहभागीले ४ हजार रुपैयाँसम्मको छुट, एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत अनलाइन प्री-पेमेन्टमा २ हजार रुपैयाँसम्मको छुट, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, नि:शुल्क डेलिभरी, निःशुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ ।

यस अभियानको लागि एनएमबि बैंकका कार्ड प्रयोगकर्ताले प्री-पेमेन्टमा आकर्षक छुट लिन सक्नेछन् । एनएमबि बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत अर्थात एक हजार ५ सय रुपैयाँसम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कार्ड प्री-पेमेन्टमा २० प्रतिशत अर्थात २ हजार रुपैयाँसम्म छुट पाउनेछन्