आजदेखि काठमाडौं–नयाँदिल्ली सातामा ६ उडान

View

फाइल फाेटाे

काठमाडौं । सरकारले काठमाडौं–नयाँदिल्ली रुटमा उडान संख्या विस्तार गरेको छ । यसअघि दैनिक २ उडान हुँदै आएको नयाँदिल्लीमा सरकारले उडान थप गर्दै सातामा ६ उडान बनाएको हो । सोमबारदेखि उक्त गन्तव्यमा बिहीबारबाहेक दैनिक एक/एक उडान हुनेछन ।

एयरबबल अवधारण अनुसार गत पुसदेखि दैनिक एक/एक उडान हुँदै आएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले साउन १५ गतेसम्म सातामा ६ वटा उडान संख्या तोकेको हो । उक्त उडानमा नेपाल वायुसेवा निगम र एयर इन्डियाले ३/३ उडान हुनेछ ।

सिमित संख्यामा मात्र उडान हुँदा वायुसेवा कम्पनीले चर्काे भाडादर लिएको भन्दै यात्रुले गुनासो गर्दै आएका थिए । कोरोना महामारी अघि १२ हजार रुपैयाँ भाडादर रहेको उक्त गन्तव्यमा पछिल्लो समय ५० हजारभन्दा बढी भाडा लिईएको थियो ।

नेपाल वायुसेवा निगम र एयर इन्डियाको एकाधिकार र सिमित उडान हुँदा दुई सरकारी वायुसेवा कम्पनीले चर्काे शुल्क लिदैँ आएका थिए । उडान संख्या विस्तार भएसगैँ भाडादर घट