माछापुच्छ्रे बैंकले महाराजगञ्जको सहिद गंगालालमा कोरोना विशेष वार्ड स्थापना गर्ने

View

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने भएको छ । बैंकले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालमा कोरोना बिशेष वार्डको स्थापना गरिदिन लागेको हो ।

गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिदै गएको कारोना भाइसरको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महशुस गरि बैंकले सो सम्बन्धि सहमती पत्रमा हस्ताक्षर गरेको छ । कोरोना विशेष वार्ड स्थापना गर्ने सम्बन्धि सम्झौता पत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका हुन् ।

सम्झौता पश्चात बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा,