सूर्य नेपालद्वारा कोभिड प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग

View

काठमाडौं । सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा क्रमश रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपंैयाको सहयोग गरेको छ । सोमबार एक कार्यक्रमको बीच सूर्य नेपाल प्रा.लि.को शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका छन् ।

कारखाना प्रबन्धक कार्कीले सूर्य नेपालले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने बताए । कम्पनीको मानब संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालिन विकासको लागि स्थानीयसंग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल सदैव तयार रहेको जानकारी दिए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरुले सूर्य नेपालले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

सूर्य नेपाल गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहूँको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा रु. दश लाख तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईंमा सहयोग प¥याउन रु. एक–एक करोड रकम प्रदान गरेको थियो ।

कम्पनीले गत आ.व. मा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान