छिटाे खाता खाेल्ने ग्राहकलाई एनआईसी एशियाले दियाे आइफाेन १२

View

काठमाडौं । अनलाइनमार्फत सबैभन्दा छिटाे एनआईसी एशिया बैंककाे खाता खाेल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जितेकी छिन् । थापाले अनलाइन मार्फत सबैभन्दा छिटाे १ मिनेट १० सेकेण्डमा बैंककाे खाता खाेल्न सफल भएकी थिइन् ।

बैंकले घरमै बसेर बैंक खाता खाेल्ने प्राेत्साहन गर्नकाे लागि अनलान अकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता आयाेजना गरेकाे थियाे ।

जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना सहभागी भएका थिए ।

यस्तै प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्ने शीर्ष–१० सहभागीहरुलाई बैंकले स्मार्टवाच प्रदान गरेकाे छ । स्मार्टवाच जित्नेमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की रहेका छन् ।

साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले पनि स्मार्टवाच जितेका छन् ।

बैंककाे अनुसार यस प्रतियोगिताका सम्पूर्ण विजेताहरूले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफि