सेयर बजारमा करेक्शन, यी ९ कम्पनीका लगानीकर्ता भने मालामाल

सेयर बजारमा करेक्शन, यी ९ कम्पनीका लगानीकर्ता भने मालामाल thumbnail
View

सेयर बजारमा करेक्शन, यी ९ कम्पनीका लगानीकर्ता भने मालामाल

चाणक्य पोष्ट

प्रकाशित : 3:23 pm, मंगलबार, साउन ५, २०७८

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यससाता आइतबारदेखि निरन्तर उकालो लागेको बजारमा आज सामान्य करेक्शन आएको हो ।

पछिल्लो दुई दिनमा नेप्से ११० अंकले बढेको थियो भने आज ९ अंक्ले करेक्शन आएको हो । आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ अर्बले घटेर पौने ८ अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा आइपुगेको छ । आज २१९ कम्पनीको ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँ बराबरको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएको छ ।सामूहिक लगानी कोष समूह सबैभन्दा धेरै ६.२९ प्रतिशतले  बढेको छ भने फाइनान्स समूह १.३७ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २१९ कम्पनीमध्ये ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण काबेली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३९ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण भ्याली २७ करोड र नेपाल इन्स्योरेन्स २४ करोड बढी