नेपाल पक्षका नेता भन्छन : पार्टीले स्पष्टिकरण सोधेको पत्र पाइएको छैन

View

काठमाडाै‌ । नेकपा एमालेका वरिष्ठ नेता (माधव नेपाल पक्ष) का सांसदको बैठक सकिएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको हो ।

मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले जानकारी दिए ।

‘हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ । हामी विधिसम्मत बाटोमा हिँडेका छौँ, हामीले उठाएका माग र मुद्दा स्थापित भइरहेका छन्, केपीजीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहन्छ’, उनले भने ।

उनका अनुसार अहिले चलाइएका प्रपोगाण्डा मिडिया खपथको लागि भएको र एमाले केन्द्रीय समिति बैठकले २२ जनालाई २४ घण्टे स्पष्टिकरणको पत्र अहिलेसम्म कसैले पनि पाएका छैनन् ।
त्यस्तै माधव नेपाल पक्षकी अर्की सांसद रामकुमारी झाँक्रीले आजको बैठकमा प्रतिनिधि सभाको विघटनदेखि पुनस्र्थापनासम्मको भूमिकाबारे छलफल भएको बताईन । उनले अबको आफ्नो भूमिका के हुन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको जानकारी दिईन ।

‘सरकारमा ज