कर्णाली राजमार्गमा एकैवर्ष १२ नयाँ पक्की पुल निर्माण सम्पन्न

कर्णाली राजमार्गमा एकैवर्ष १२ नयाँ पक्की पुल निर्माण सम्पन्न thumbnail
View

कर्णाली राजमार्गमा एकैवर्ष १२ नयाँ पक्की पुल निर्माण सम्पन्न

चाणक्य पोष्ट

प्रकाशित : 1:41 pm, बुधबार, साउन ६, २०७८

कर्णाली । गत आर्थिक वर्ष २०७७/७८ मा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका ती पुलहरु गत वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका अधिकांश स्थानमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । पुल नहुँदा वर्षातका बेला यात्रुलाई जोखिम बढेको थियो ।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनीयर तुलाराम शर्माले २०७४ साल जेठदेखि निर्माण थालिएका ती पुलहरुमध्ये तिलाखोलाबाहेक सबै पुलहरु २०७७ साल पुस मसान्तमै सम्पन्न भएको जानकारी दिए । तिलाखोला पुल २०७५ असारमा सम्झौता भई २०७८ जेठमा सम्पन्न भएको हो ।

सडक डिभिजन कार्यालयका अनुसार कर्णाली राजमार्गमा कुवाखोला, कालेखोला, पाल्तडा, कानेगाड, गुहेगाड,