यी हुन् विश्वका १० उत्कृष्ट एयरलाइन्स, पहिलो कुन ?

यी हुन् विश्वका १० उत्कृष्ट एयरलाइन्स, पहिलो कुन ? thumbnail
Views

काठमाडौं, ६ साउन । कोरोना महामारीका कारण विश्वका हरेक आर्थिक क्षेत्र प्रभावित बन्यो । त्यसमा पनि आवतजावत बन्द हुँदा पछिल्ला दुई वर्ष एयरलाइन्स उद्योगका लागि निकै कष्टकर रह्यो ।

२०२० मा त अधिकांश एयरलाइन्सका विमानहरू हवाई मैदानमै बस्न बाध्य भए । विश्वभर फैलिएको कोरोना र अधिकांश सरकारले लकडाउन तथा यात्रामा प्रतिबन्ध लगाएकाले एयरलाइन्स उद्योग नै संकटमा परेको थियो । तर अब २०२१ मा विस्तारै एयरलाइन्सहरु आफ्नो काममा फर्किएका छन् । विश्वभर लकडाउन खुकुलो र प्रतिबन्धहरु हट्दै गएपछि एयरलाइन्सहरु विमान उडाउन थालेका छन् ।

यसैबीच एयरलाइन्स रेटिंग डट कमले आफ्नो २०२१ को बार्षिक राउण्ड अप सार्बजनिक गर्दै २०२१ का उत्कृष्ट एयरलाइन्सको सूची सार्बजनिक गरेको छ ।

एयरलाइन्स रेटिंग डट कमले यात्रुहरुले गरेको रिभ्यू, अफर र उडान अवधिका आधारमाएयरलाइन्स एक्सलेन्स अवार्डको समेत घोषणा गरेको छ ।

नयाँ रेटिंग अनुसार गतबर्षको एयर न्यूजील्याण्डलाई पछाडी पार्दै कतार एयरवेज शिर्ष स्थानमा उक्लिएको छ । अहिलेसम्म ६ पटक शिर्ष स्थान हासिल गरेको एयर न्यूजील्याण्डले यस पटक दोस्रो स्थान हासिल गरेको हो ।

एयरलाइन्स रेटिंग डट कमले सामान्यतया एयरलाइन्सको रेटिंग नोभेम्बर महिनामा सार्बजनिक गर्ने गरेको भएपनि कोरोना महामारीका कारण विश्वकै परिस्थिति बदलिएकोले जुलाई महिनामा सार्बजनिक गरेको जनाएको छ ।

त्यस्तै, यस सूचीमा सिंगापुर एयरलाइन्स तेस्रो स्थानमा छ । सिंगापुर एयरलाइन्सले २०१९ मा उत्कृष्ट एयरलाइन्सको उपाधि जितेको थियो । त्यस्तै यस सूचीमा चौथो स्थानमा क्वान्टास एयरलाइन्स रहेको छ । अस्ट्रियाको यो एयरलाइन्स यसै बर्षको शुरुवातमा विश्वको सबै भन्दा सुरक्षित एयरलाइन्स भएको घोषणा गरिएको थियो ।

त्यस्तै दुबईको इमिरेट्स यस सूचीमा पाँचौ नम्बरमा रहेको छ ।

त्यस्तै एयरलाइन्स रेटिंग डट कमले सिंगापुर एयरलाइन्सलाई बेस्ट फस्ट क्लासको अवार्ड दिएको छ भने भर्जिन अस्ट्रेलिया एयरलाइन्सलाई बेस्ट क्याबिन क्रु को अवार्ड दिएको छ । त्यस्तै बेस्ट एयरपोर्ट लाउन्जको अवार्ड क्वान्टासले जितेको छ ।

त्यसैगरी युरोपको उत्कृष्ट बजेट एयरलाइन्समा इजिजेटले अवार्ड पाएको छ भने जेटस्टारले एसिया प्यासिकको उत्कृष्ट बजेट एयरलाइन्सको अवार्ड जितेको छ । त्यस्तै अमे