१५ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की, आतंकित नहुन राष्ट्र बैंकको

१५ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की, आतंकित नहुन राष्ट्र बैंकको thumbnail
View

१५ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की, आतंकित नहुन राष्ट्र बैंकको

चाणक्य पोष्ट

प्रकाशित : 11:13 am, बिहीबार, साउन ७, २०७८

काठमाडौं । ह्याकरहरुले नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरेर पैसा चोर्न धम्की दिएपछि बैंकिङ क्षेत्र आतंकित भएको छ ।

ह्याकरहरुले बैंकहरुलाई बुधबार दिउँसो ३ः२८ बजे इमेलमार्फत अफलाइन र अनलाइन दुवै तरिकाबाट पैसा चोरी गर्ने भन्दै सन्देश पठाएपछि बैंकिङ क्षेत्र तरंगित भएको हो ।

इम्पोर्टेन्ट डट इन एटयानडेक्स डटकमबाट पठाइएको इमेलमा पत्रलाई खेलाँचीका रूपमा नलिन चेतावनी समेत दिइएको छ ।

ह्याकरले नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल, राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, एनएमबी, एनआइसी एशिया, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल, सानिमा, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकलाई इमेल गर्दै पौसा चोर्न धम्की दिएका थिए ।