व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य छ, राज्यले प्राथमिकतामा राख्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य छ, राज्यले प्राथमिकतामा राख्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल thumbnail
View

व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य छ, राज्यले प्राथमिकतामा राख्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

चाणक्य पोष्ट

प्रकाशित : 11:23 am, आइतबार, साउन १०, २०७८

चरिकोट । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन् ।

शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रहसमेत गरेका हुन् ।

“संकटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरोत्थानका लागि व्यवसाय र व्यवसायिक गतिविधिहरुलाई चलायमान बनाउन जरुरी हुन्छ । यसका लागि अहिलेलाई खोप नै प्रमुख उपाय देखिएको छ । त्यसैले नयाँ सरकारसँग मेरो अनुरोध छ छिटोभन्दा छिटो सबै जनतालाई खोपको व्यवस्था गरौँ, ” उनले भने ।

कोभिडपछि नेपालको पर्यटन व्यवसाय तहसनहस बनेको बताउँदै, ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले हालै मात्र बैंकले वार्षिक/अनिवार्य बिदा लिने बैंकका कर्मचारीहरुले कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्नुपर्ने व्यवस्था गरेको बताएका छन् ।

“कोभिडको महामारी कम नभई तत्कालका लागि बिदेशी पर्यटकहरु आउने सम्भावना पनि कम रहेकोले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको