सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो thumbnail
Views

क्लिकमान्डु २०७८ असार ८ गते ११:२३ मा प्रकाशित

काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४ रुपैयाँ कायम भएकोमा मंगलबार ६ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय ५० सय रुपैयाँ कायम भएको थियो भने मंगलबार ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएको थियो भने मंगलबार ५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस