सेयर बजारमा उच्च अंकको कमब्याक, यी ३० कम्पनीका लगानीकर्ता मालामाल

सेयर बजारमा उच्च अंकको कमब्याक, यी ३० कम्पनीका लगानीकर्ता मालामाल thumbnail
Views

सेयर बजारमा उच्च अंकको कमब्याक, यी ३० कम्पनीका लगानीकर्ता मालामाल

चाणक्य पोष्ट

प्रकाशित : 3:25 pm, मंगलबार, असार ८, २०७८

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । गत बुधबारदेखि निरन्तर ओरालो लागेको बजार आज लयमा पलर्किएको हो ।

५ दिनमै करिब १९० अंकको पहिरो गएको बजारमा आज दोहोरो अंकको सुधार देखिएको हो । गत मंगलबार नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा दैनिक भारी गिरावट आएको थियो ।

सूचकमा ठूलो अंकको सुधार आए पनि कारोबार रकम भने घटेको छ । यससाता दैनिक साढे ११ अर्बको कारोबार हुँदै आएकोमा आज घटेर सवा १० अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ७९.४३ अंकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै साढे ५ प्रतिशतभन्दा धेरैले बढेका छन् ।

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ४९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआइडीसीएल ३१ करोड र नागरिक लगानी कोष २९ कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

उच्च अंकले बढेको बजारमा आज डेढ दर्जन कम्पनीको सेयर मूलयमा पोजेटिभ ससर्किट लागेको छ । जानकी फाइनान्स, वरुण हाइड्रोपावर, एचआइडीसीएल, ङादी ग्रुप र पञ्चकन्यामाइ हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, रा