सेयर बजारमा बाउन्स ब्याक, नेप्से ७९.४३ अंकले बढ्दा यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

सेयर बजारमा बाउन्स ब्याक, नेप्से ७९.४३ अंकले बढ्दा यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट thumbnail
Views

क्लिकमान्डु २०७८ असार ८ गते १५:११ मा प्रकाशित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको विज्ञप्तिका कारण लगातार ओरालो लागेको नेप्से परिसूचक मंगलबारको कारोबारमा बाउन्स ब्याक गरेको छ । लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ७९.४३ अंकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ ।

यो दिन १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँमा कारोबार भएको छ । आज २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन सव इन्डेक्सतर्फ विकास बैंक र फाइनान्स ५.७७ प्रतिशतले बढेको छ भने जलविद्युतको सव इन्डेक्स ५.४७, होटल तथा पर्यटन ३.२८ प्रतिशत, लगानी उपसमूह ४.२६ प्रतिशतले वृद्धि भएको छ ।

यो दिनको कारोबारमा जानकी फाइनान्स, वरुण हाइड्रोपावर, एचआइडीसीएल, नगाडी ग्रुप पावर र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी गुमाउने शीर्ष कम्पनीमा एसबीएल डिबेञ्चर, एनआइसी एसिया डिबेञ्चर, गोर्खाज फाइनान्स, कुमारी इक्विटी फन्ड र लक्ष्मी इक्विटी फन्ड छन् ।

यी हुन् मंगलबार सेयर मूल्य बढेका कम्प