हिमशिखर एग्रो किसानलाई मेगा बैंककाे किसान कार्ड तथा सस्ताे कृषि कर्जा सुविधा

View

काठमाडौं । मेगा बैंक नेपालले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्री किसान कार्ड सहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेको छ ।

बैंककाे तर्फबाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्य प्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले उक्त सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हिमशिखर एग्रोसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कृषि सामग्रीहरु तथा बीउबिजनहरु खरिद गर्न कृषि कर्जा तथा मेगा किसान कार्ड प्रदान गर्नेछ ।

मेगा बैंकका माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख खनियाले पहिलो चरणमा प्रदेश नम्बर १ का किसानहरुलाई किसान कार्डसहितको कृषि कर्जा स्थानीय शाखाहरुमार्फत छिटोछरितो ढंगले प्रदान गर्न लागिएको बताए । प्रदेश नम्बर १ पछि क्रमशः देशभरका किसानहरुलाई सेवा प्रदान गरिने उनले बताए ।

किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु तोकिएको स्थान तथा पसलहरुबाट खरिद गर्न सक्नेछन ।

मेगा किसान कार्ड मेगा बैंकले कृषकहरुका लागि प्रदान गरेको बैंकिङ्ग बजारको पहिलो आधुनिक प्रविधिमैत्री सेवा हो, जसले किसानहरुलाई डिजिटल बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैंकको विश्वास छ ।

हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत घिमिरेले मेगा बैंकले कृषि कर्जालाई प्राथमिकत