नेप्सेमा ७९ अंकको उछाल आउँदा पनि मूल्य घट्ने यी हुन् ७ कम्पनी

View

नेप्सेमा ७९ अंकको उछाल आउँदा पनि मूल्य घट्ने यी हुन् ७ कम्पनी

चाणक्य पोष्ट

प्रकाशित : 3:49 pm, मंगलबार, असार ८, २०७८

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गत बुधबारदेखि निरन्तर ओरालो लागेको बजार आज उच्च अंकले कमब्याक गरेको हो ।

५ दिनमै करिब १९० अंकले घटेको बजार आज एकैदिन ७९ अंकले बढेको छ । सूचकमा ठूलो अंकको सुधार आए पनि कारोबार रकम भने घटेको छ । यससाता दैनिक साढे ११ अर्बको कारोबार हुँदै आएकोमा आज घटेर सवा १० अर्बमा सीमित भएको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने बैंकहरुको डिबेञ्चरसहित १५ कम्पनीको मूल्यमा