निषेधाज्ञालाई कडाई गर्दै प्रशासन, मापदण्ड पालना नगर्नेलाई कारवाही

View

काठमाडौं । पछिल्लो समय निषेधाज्ञा केही खुलुको भएसगैँ कोरोना संक्रमितको संख्यामा बृद्धि हुनथालेपछि निषेधाज्ञालाई कडाई पारिने भएको छ ।

कोभिड संक्रमण नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञाको उलंघन बढ्नथालेको भन्दै स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा अनुगमन गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौंले उपत्यकामा निषेधाज्ञाको पालना भए नभएको अनुगमन गर्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य मापदण्डको पालना भए नभएको विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन गरिनेछ र

तीन जना सहायक प्रमुख जिल्ला अधिकारीमध्ये एक जनाको नेतृत्वमा भोलीदेखि अनुमगन गर्न लागिएको हो । आज अनुगमनको मोडालिटी बनाएर भोलीबाट अनुगमनमा निष्कने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । उनका अनुसार सुरुवाती चरणमा उपभोक्ताको बढी भिडभाड हुने स्थानको अनुगमन गरिनेछ ।

‘पहिलो चरणमा मास्कलाई अनिवार्य गर्दै जनस्वास्थ्यको मापदण्डको पालना भए नभएको विषयमा हाम्रो ध्यान केन्द्रीत हुन्छ । सामान्य रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुस भनेर सम्झाउने बुझाउने हो । यदि पालना नभएमा कानुनले तोके अनुसार आर्थिक जरिवानादेखि थुनामा राख्नेसम्मका कारवाही हुन्छ’, उनले भने ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसगैँ संक्रमितको संख्यामा उच्च बृृद्धि भएको छ । बजार अनुगमन गरी निषेधाज्ञामा कडाई गर्नुको विकल्प छैन ।

संक्रमण नियन्त्रणको लागि बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक सवारी साधनलाई प्राथमिकतामा राखेर अनुगमनको तयारी भएको छ ।
संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलिदेखि सकिँदैछ । सरकारले उपत्यकामा पुनः निषेधाज्ञा लम्ब्याउने त