मदिरा व्यवसाय सञ्चालनको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

Views

काठमाडौं । नेपाल मदिरा ब्यवसायी महासंघले मदिरा तथा मदिराजन्य व्यवसाय सञ्चालनको पहलका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलिलाई ज्ञापन पत्र बुझाउदै महासंघले राज्यलाई व्यवसायीक क्षेत्रमा उल्लेख्य मात्रामा कर तिर्ने मदिरा व्यवसायीहरुलाई राज्यका विभिन्न निकायहरूबाट उपेक्षित गरिनु निकै दुःखद भएको बताएको छ ।

कोरोना महामारीको चरम संकटका समयमा पनि अन्य देशहरुमा मदिरा पसलहरुलाई अत्यावश्यक सेवाका रुपमा निश्चित मापदण्ड तोकेर संचालनका लागि अनुमति दिएको भएपनि नेपालमा भने पूर्णरुपमा बन्देज लगाइएकोमा तुरुन्तै मापदण्डअनुसार संचालन गर्न पाउने माग गरेको छ ।

जटिल महामारीको संकटमा राज्यको निर्देशन मानेरै मदिरा व्यवसाय पूर्णरुपमा बन्द गरिएको तर राज्यले अरु व्यवसाय संचालन गर्न दिएर मदिरालाई प्राथमिकतामा नराखेको भन्दै तत्काल खुलाउन ज्ञापनपत्र सहित माग गरेको हो ।

राज्यले ब्यवसायीक क्षेत्रलाई सहजता प्रदान गर्ने क्रममा मदिरा व्यवसायलाई पनि प्राथमिकतामा राख्नुपर्ने, आर्थिक वर्ष सकिन लाग्दा यस क्षेत्रले राज्यलाई कर विवरण पेश गर्नुपर्ने बिभिन्न साझेदार कम्पनीहरुसंगको हिसाव मिलान गर्नुपर्ने लगायतका कारण पनि तत्काल व्यवसाय संचालन गर्नुपर्ने महासंघको भनाई छ ।

लामो समयदेखि व्यवसाय बन्द हुदाँ अन्य ब्यवसायको जस्तै बैंकको ब्याज, घरभाडा लगायतको खर्च बढ्दा ब्यवसाय धरासयी हुने अवस्थामा पुगेको र यस क्षेत्रमा कार्यरत लाखौ कामदारहरु, तिनका परिवारहरुमा समेत आर्थिक संकट उत्पन्न भएको ब्यवसायीहरुको गुनासो छ ।

राज्यबाट निर्देशित स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि अन्य व्यवसायहरु जस्तै मदिरा ब्यावसाय संचालनका लागि आबश्यक ब्यवस्थापन गरिदिन प्रमुख जिल्ला अधिकारी पराजुलीसंग माग गरेको छ । ज्ञापनपत्र ब