यातायात व्यवसायी भन्छन– रातो नम्बरप्लेटल र हवाई जहाजले यात्रु बोकेको टुलुटुलो हरेर कति बस्नु

Views

काठमाडौं । सरकारले शर्त सहित अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशतभन्दा बढी नहुने गरी आन्तरिक उडान खुलाको निर्णय गरेको हो ।

यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले मंगलरबारदेखि उपत्यका भित्र ट्याक्सी, पठाओ तथा टुटलको सेवा समेत खुला गरेका छन् । जोरविजोर प्रणाली अनुसार उक्त सेवा समेत खुला गरिएको हो ।

आन्तरिक उडान, ट्याक्सी र टुटल, पठाओको सेवा सुचारु गरेर सरकारले सार्वजनिक यातायात व्यवसायीलाई चिस्काएको व्यवसायीहरुले बताएका छन् ।

रातो नम्बर प्लेटले जोरविजोर अवधारण अनुसार यात्रु बोक्दा यातायात व्यवसायीहरु बसमा घिरौला फलेको हेरेर बस्न बाध्य भएको उनीहरुको भनाई रहेको छ ।

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला सरकारले व्यवसायीलाई वेवास्ता गरेको बताए ।
‘हाम्रा यातायात (सार्वजनिक यातायातलें मात्र कोरोना बोक्छ । ट्याक्सी, टुटल पठाओ र हवाई जहाजलाई कोरोनाले चिन्छ, टुटल र ट्याक्सीमा बस्नेहरु मात्र कोरोनाबाट सुरक्षित हुन्छन र’, उनले प्रश्न गर्दै भने ।

उनले सिमित व्यक्तिको स्वार्थमा सरकारले जोरविरोजर प्रणाली लागु गरेर सिमित सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिएको भन्दै विरोध समेत गरे ।

‘टुटल, पठाओ, ट्याक्सी र जहाजमा जो सुकैले यात्रा गर्न सक्ने अवस्था छैन । दैनिक ज्याला मजदुर गर्ने र न्यून आय स्रोेत भएका जनताहरुले कसरी चर्काे शुल्क तिरेर सेवा लिनु’, उनले भने, ‘घरभित्र बसेका मजदुरहरु काम गर्न बाहिर निस्कदा कित सास्ती पाएका छन् । उनीहरुको दुख सरकारले देखेन । दैनिक ज्याला मजदुर गर्ने मजदुरहरुले दुख पाएको र रातो नम्बर प्लेटका व्यक्तिगत साधनले खोचाखोच यात्रु ओसारेको हेर्न बाध्य भयौँ ।’

गत वर्षको बन्दाबन्दीमा सवारी साधनमा तरकारी फलेका थिए । धेरै खर्च गरेर बिग्रीएका टायरदेखि सबै मर्मतसम्भार गरेर पुनः सञ्चालनमा ल्याएका थियौँ, हालको निषेधाज्ञाका कारण गत वर्षको जस्तै अवस्था सिर्जना भयो । अहिले पनि केही सवारीमा घिरौला फलिसकेका छन । हामी त्यही घिरौला बेचेर बैंकको विस्ता तिर्