नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल thumbnail
View

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल

चाणक्य पोष्ट

प्रकाशित : 3:17 pm, बिहीबार, साउन २१, २०७८

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्ला दिनहरुमा दैनिक नयाँ रेकर्ड बनाउँदै आएको नआज दोहोरो अंकको करेक्शन आएको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब डेढ अर्बले घटेर १४ अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से १२.६४ अंकले घटेर ३११०.८१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२६ कम्पनीको १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ बराबरको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये विकास बैंक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूह २.२४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २२६ कम्पनीमध्ये ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्यमा गिरावट आएको छ । २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अपी माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ६५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर ५८ करोड र अरुण भ