सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो thumbnail
Views

क्लिकमान्डु २०७८ असार ९ गते ११:०० मा प्रकाशित

काठमाडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो भने बुधबार ९० हजार २ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएको थियो भने बुधबार ५ रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस