चीनद्वारा ४ कम्पनीलाई कोरोनाको खोप निर्यात गर्न अनुमति

चीनद्वारा ४ कम्पनीलाई कोरोनाको खोप निर्यात गर्न अनुमति thumbnail
View

चीनद्वारा ४ कम्पनीलाई कोरोनाको खोप निर्यात गर्न अनुमति

चाणक्य पोष्ट

प्रकाशित : 2:28 pm, बुधबार, असार ९, २०७८

बेइजिङ । चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने ४ वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ ।

यी खोपहरुलाई चीनभित्र शर्त सहित बजारमा विक्री गर्न अनुमति प्राप्त भइसकेको छ ।चीनले विदेशमा खोप विक्री गर्न अनुमति दिइएका कम्पनीहरुमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् ।

चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरुले विश्व स्वास्थ्य संगठनबाट यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन् ।

यी खोपहरु चीनको ठूलो जनसमूहलाई प्रदान गरिएको छ भने विश्वका १०० भन्दा बढी मुलुकले स्वीकृत गरिसकेका छन्, वाणिज्य मन्त्रालयका वरिष्ट अधिकारी लि झिङक्व