प्रि-ओपनिङको मार्जिन २ प्रतिशत र रकम मूल्यान्तर १० पैसामा झार्ने धितोपत्र बोर्डको तयारी

प्रि-ओपनिङको मार्जिन २ प्रतिशत र रकम मूल्यान्तर १० पैसामा झार्ने धितोपत्र बोर्डको तयारी thumbnail
Views

क्लिकमान्डु २०७८ असार १० गते ११:१९ मा प्रकाशित

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा कारोबारको संरचना परिवर्तन गर्ने तयारी गरेको छ । धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले कारोबारको संरचना छिट्टै परिवर्तन गर्न गरिने बताए ।

जसमा प्रि-ओपनिङमा हाल कायम रहेको ५ प्रतिशत मार्जिनलाई घटाएर २ प्रतिशतमा झार्ने तयारी भइरहेको उनले बताए ।

‘प्रि-ओपनिङमा कस्ले अर्डर गरेको हो देखिँदैन, आफ्नो हिसाबले खरिद वा बिक्री गर्ने हो । जसमा अहिले ५ प्रतिशत कम वा बढीमा सेयर अर्डर गर्न पाइन्छ, यसलाई पनि अब सामान्य ट्रेडिङकै अवस्थामा ल्याउन खोजिएको हो,’ उनले भने ।

हाल प्रि-ओपनिङमा ५ प्रतिशत र सामान्य अवस्थामा २ प्रतिशतको मार्जिनको व्यवस्था छ । त्यसैगरी बोर्डले अब सेयर खरिद वा बिक्री गर्दा रकम मूल्यान्तरको सीमा पनि संशोधन गर्न लागेको छ ।

ढुंगानाका अनुसार हाल १ रुपैयाँको मूल्यान्तर कायम रहेकोमा १० रुपैयाँमा झार्ने तयारी भइरहेको छ ।

‘धेरै लगानीकर्ताहरुले खरिद वा बिक्रीको अर्डर गर्दा १ रुपैयाँमा भार बढी भइरहेको छ, लगानीकर्ताको हितलाई ध्यानमा राख्दै यो संशोधन गरिएको हो,’ उनले भने ।

उनका अनुसार यी दुबै संशोधन गरिएकोबारे १÷२ दिनभित्रै नेप्से निर्देशन दिइने र कार्यान्वयनम