निर्यात ३८ प्रतिशतले वृद्धि, ११ महिनामा १ खर्ब २१ अर्बको सामान बाहिरियो

निर्यात ३८ प्रतिशतले वृद्धि, ११ महिनामा १ खर्ब २१ अर्बको सामान बाहिरियो thumbnail
Views

निर्यात ३८ प्रतिशतले वृद्धि, ११ महिनामा १ खर्ब २१ अर्बको सामान बाहिरियो

चाणक्य पोष्ट

प्रकाशित : 1:04 pm, शुक्रबार, असार ११, २०७८

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयात सगैँ निर्यातमा वृद्धि हुन थालेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको (साउदेखि जेठसम्म) तथ्याङ्क अनुसार यस अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा ८८ अर्ब ३१ लाख बराबरको वस्तु निर्यात भएको थियो ।

यसैगरी एघार महिनामा १३ अर्ब ८३ अर्ब ३६ करोड ४९ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा २५.६७ प्रतिशतले आयातमा वृद्धि भएको छ ।

गत आवमा सोही अबधिमा ११ खर्ब ८१ करोड ३४ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो । जेठमा मात्रै १ खर्ब २९ अर्ब २५ करोड ४७ लाख रुपैयाँको आयात हुँदा १२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटा २४.६१ प्रतिशतले वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार एघार महिनामा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख बराबरको वैदेशिक व्यापार घाटा भएको छ ।

आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २४.६१ प्रतिशतले व्यापार घाटा भएको हो ।

वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.९४ र निर्यातको हिस्सा ८