कुखुरो हराउनु अघिल्लै दिन धादिङमा कसरी स्याल करायो ?

Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयको निश्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्धारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायलयले निर्णय गर्नुपुर्व नै सो बारे चर्चा गरिनुले शंका उब्जाएको बताएका हुन् ।

सर्वोच्च अदालतले असार ८ गते जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा सहभागी भएका मन्त्रीहरुको सपथ र कार्यविभाजन संविधान अनुकुल नभएको भन्दै मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । यस विषयमा अघिल्लो दिन नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतले यस्तो गर्देछ भनी अभिव्यक्ति दिएकाले न्यायलयको निश्पक्षता मााथि प्रश्न खडा भएको प्रधानमन्त्रीले बताए ।

‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए, कसरी गरे त्यो पनि गजबै छ, धादिङमा अघिल्लै दिन भने, भोली अदालतले हटाउँदैछ भन्ने सुचना मैले पाएको छु, न्याय निश्पक्ष निरुपण भयो कि अरुनै हिसाबले ? एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ, नत्र भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो, कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ,’ उनले भने ।

उनले हरेक प्रणालीले आफ्नो सहीपना र सर्वश्रेष्ठता आफनै कामले प्रमाणित गर्नुपर्ने भन्दै उनले त्यस अघि नै प्रणालीलाई भत्काउन खोज्नु खतरनाक भएको टिप्पणी गरेका छन् ।

उनले भने- ‘प्रणालीप्रति चिन्तित र सजक हुनुपर्ने कुरा हो, प्रणालीप्रति हाम्रो सजगता आवश्यक छ, प्रणालीहरु सधै अग्नि परीक्षामा नै हुन्छन्, प्रणालीले परिणामबाट आफ्नो सहीपना र सर्वश्रेष्ठता सावित गर्नै पर्छ, तर प्रणालीलाई कार्यान्वयनमा नै जान नदिईकन, कार्यान्वयनको प्रारम्भ नै हुन नदिईकन फेरि भत्काउने तर्फ लाग्नु खतरनाक बिषय हो ।’

उनले आफ्नो देशभक्तिप्रति सन्देह गर्नेहरु नै नेपालको राजनीतिमा विदेशीहरुको भूमिका चाहिरहेको दाबी गरे । पुर्वप्रधानमन्त्रीले विदेशी टेलिभिजनलाई दिएको अभिव्यक्ति उल्लेख गर्दै प्रधानमन्त्री ओलीले खुलमखुला विदेशी हस्तक्षेपको अपेक्षा गर्नेहरुले नै आफुलाई आडम्बरी देशक्ति भनी टिप्पणी गर्ने गरेको बताए ।

उनले भने “एकजना पुर्वप्रधानमन्त्रीले एउटा विदेशी टेलिभिजनको संवाद कार्यक्रममा भाग लिएको मैले देखेँ । यो माईक्रो म्यानेजमेण्टमा लाग्न हुँदैन । तपाईहरु माईक्रो म्यानेजमेण्टमा नलाग्नुहोस् । ठूला कुरामा हात हाल्नुहोस् न । पोलिसी म्याटरमा हात हाल्नुहोस् न । जथाभावी किन हुन दिईरहनुभएको छ तपाईहरु ? उहाँको भनाई थियो । मलाई आश्चर्य लाग्यो । तैपनि आफुलाई देशभक्त नै हुँ भनेर हिडिरहेका छन् । अर्को पुर्व प्रधानमन्त्री जी खुलेआम भन्छन्- के हेरेका होलान् हाम्रा लोकतान्त्रिक मित्रहरु, छिमेकीहरुले ? यस्तो हुँदा पनि के हेरेका होलान् भनेको के ? के चाहीँ गरिदिनुपर्ने ? फेरी उहाँहरु फलानाको देशभक्ति भनेको चाहीँ नक्कली देशभक्ती हो । आडम्बरी देशभक्ति हो । ”

प्रधानमन्त्री ओलीले प्रजातन्त्र र संविधानका विरुद्ध अराजकता ल्याउन खोज्ने विरुद्ध एकजुट हुन महन्त ठाकुरलाई साथमा लिएको स्पष्ट पारे । ‘उहाँहरुले महन्त ठाकुरजीलाई प्रधानमन्त्री बन्दिनोस् भन्दा सही हुन्छ । मैले महन्तजीलाई साथ लिएँ भने, मैले उहाँलाई लिड गरिदिनोस् हामीलाई भनेको छैन । म तपाईका पोलिसिका पछाडि जान्छु भनेको छैन । अर्को कुरा उहाँहरुसंग कुनै एग्रिमण्ट पनि गरेको छैन । मैले डेमोक्रेसीका विरुद्ध, संविधानका विरुद्ध नेपालमा जस्तो अराजकता ल्याउन खोजिएको छ त्यसको विरुद्ध उहाँहरुको साथ लिएँ । त्यो चाहीँ हुनुहुनामी के के भईहाल्यो ? महन्त जीलाई प्रधानमन्त्री हुनुहोस् भनेर डबलीमा बुद्धिजीवीहरु साक्षी राखेर भनेको होईन ? टेलिभिजनमा खिचाएको होइन ? उहाँहरुको आक्रोश मैले भन्ने गर्थे नि रिसाएको विरालोले खामो चितोर्छ भनेर,’ उनले भने ।

प्रधानमन्त्री ओलीले आफुलाई लोकतन्त्रवादी भन्नेहरु नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको बताए ।गणतन्त्रप्रतिको गैहभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरुले त्यसो गरेको तर्क प्रधानमन्त्रीले गरे ।

उनले भने “अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुखछाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन चलेको छ । हिजो पनि केही भुतपुर्वहरुको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपति भन्दा राजा राम्रो भन्ने सम्म उहाँहरु पुग्नुभयो ।”

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताउनुभयो ।

उनले भने “बाह्य हस्तक्षेप भन्ने कुरा हुनसक्छ । हुने गरेको छ । राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, पार्लियामाण्टमा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने । फैसला प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोजेपछि । राजनीतिक विषयहरुको टुंगो राजनीतिक संस्थाहरुले वा राजनीतिक पार्टीहरुले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि । अदालतले त संविधान र कानुनको कुरा गर्ने हो । राजनीतिक होइन ।”

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीको परराष्ट्र नीति लोकतान्त्रिक नै हुने र आन्तरिक नीतिको प्रतिबिम्ब नै अन्तराष्ट्रिय मञ्चहरुमा देखिदै आएको बताए ।

उनले भने “लोकतान्त्रिक प्रणालीको परराष्