कारोनाविरुद्ध लड्न इटाली सरकारले पठायाे विभिन्न स्वास्थ्य उपकरण तथा  सामग्री

Views

काठमाडाैं । नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ । ती उपकरण तथा सामग्री आज शुक्रबार बिहानै नेपाल आइपुगेको हाे ।

इटाली नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्येको एक राष्ट्र हो । अन्य राष्ट्रहरुमा स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड रहेका छन् । लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको छ ।

‘यस चुनौतीपूर्ण समयमा इटाली कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपंक्तिमा रहेको छ, यसलाई गत २१ मेमा रोममा युरोपियन कमिशनसँगको सह-आयोजनामा आयोजित विश्वव्यापी स्वास्थ्य सम्मेलनले पनि पुष्टि गरेको छ, युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रको ढाँचामार्फत नेपालका लागि प्रदान गरिएको यस राहत उडान नेपाली मित्रहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको द्योतक हो, पुनः एक पटक इटालीको ब्रिन्डिसीमा अवस्थित संयुक्त राष्ट्रसंघको मानवीय प्रतिकार्य डिपो (यूएनएचआरडी) विश्वको कुनै पनि ठाउँमा हवाई उडानमार्फत मानवीय सहायता पठाउनका लागि महत्वपूर्ण सावि