तामाकोशीको पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु गरिँदै, लाइनमा जोड्दा केही ठाउँमा बत्ति काटिने

तामाकोशीको पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु गरिँदै, लाइनमा जोड्दा केही ठाउँमा बत्ति काटिने thumbnail
View

तामाकोशीको पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु गरिँदै, लाइनमा जोड्दा केही ठाउँमा बत्ति काटिने

चाणक्य पोष्ट

प्रकाशित : 10:54 am, शनिबार, असार १२, २०७८

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट परीक्षण उत्पादनको तयारी शुरु गरिएको छ ।

यसअघि पटकपटक उत्पादन मिति तोकिएको आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन शुरु गर्न लागिएको हो ।

असार पहिलो साता वर्षाले चीनतर्फ पर्ने तामाकोशीको सहायक नदी पहिरोले थुनिएपछि तामाकोशीको जलाशय खाली गरिएको हो । जलाशय भरिएलगत्तै सुरुङमा पानी भरेर पुनः परीक्षण शुरु गरिने आयोजनाका प्रवक्ता गणेश न्यौपाने जानकारी दिए ।

आयोजनाबाट कुल ४५६ मेगावाट बिजुली उत्पादन गरिने छ । ‘पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ टर्बाइन रहेेका  छन् । प्रत्येक टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

उत्पादनको औपचारिक मिति नतोकिए पनि तयारी अन्तिम अवस्थामा पुगेकाले भोली (आइतबारदेखि शनिबारसम्म) देखि जुनसुकै बेला बिजुली उत्पादन गरिने छ । ‘अहिले पनि केही काम भइरहेको छ । ती काम सकिन साथ जुनसुकै बेला परीक्षण उत्पादन हुनसक्छ,’  उनले भने ।

आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएकाले असार १३ गतेदेखि १९ गतेसम्म खिम्ती-लामोसाँघु १३२ केभीको प्रसारण लाइन बन्द हुने जानकारी गराएको प्रवक्ता न्यौपानेले बताए ।

तामाकोशीको बिजुली प्रसारण लाइनमा जोड्ने क्रममा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसबाट केही समय काठमाडौं उपत्यकाका ग्राहक समेत प्रभावित हुनसक्ने जनाइएको छ ।

तामाकोशीको बिजुली तामाकोशी करिडोर हुँदै खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । खिम्ती सबस्टेशनमार्फत् नै उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोडिने छ। यसअघि तामाकोशी करिडोरबाट आएको बिजुली सिधै ढल्केबर सबस्टेशन लाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो ।

आयोजनाबाट कुल ४५६ मेगावाट बिजुली उत्पादन गरिने छ । पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ टर्बाइन रहेेका  छन् । प्रत्येक टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

पहिलो युनिटबाट उत्पादन शुरु गरिएपछि अन्य युनिटबाट पनि क्रमशः बिजुली उत्पादन गरिने छ । आगामी भदौ/असोजसम्ममा सबै य