आइतबार प्रि-ओपनिङमा नेप्से १३.०५ अंकले बढ्यो, २९ कम्पनीको कारोबार

आइतबार प्रि-ओपनिङमा नेप्से १३.०५ अंकले बढ्यो, २९ कम्पनीको कारोबार thumbnail
Views

क्लिकमान्डु २०७८ असार १३ गते १०:५३ मा प्रकाशित

काठमाडौं । आइतबारको प्रि-ओपनिङमा नेप्से १३.५ अंकले बढेर २८५६.०५ अंकमा पुगेको छ ।

प्रि-ओपनिङमा २९ कम्पनीको कारोबार भएको छ । जसमा २१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आइतबारको प्रि-ओपनिङमा सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा रुरु जलविद्युत् परियोजना, नेको इन्स्योरेन्स, माथिल्लो तामाकोसी। प्राइम लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक, सानिमा बैंक लिमिटेड, चिलिमे हाइड्रोपावर कम्पनीलगायतका छन् ।

त्यसैगरी गुमाउने कम्पनीहरुमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, वरुण हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नबिल बैंकलगायतका छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com