बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ७ कम्पनी

बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ७ कम्पनी thumbnail
View

बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ७ कम्पनी

चाणक्य पोष्ट

प्रकाशित : 3:27 pm, आइतबार, असार १३, २०७८

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । पछिल्लो दुई सातामा करिब २०० अंकले घटेको बजार आज २७ अंकले बढेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकम भने घट्दो क्रममा रहेको छ । गतसाता औसतमा दैनिक १० अर्ब कारोबार हुँदै आएकोमा आज घटेर ७ अर्बमा सीमित भएको छ ।

सेयर बजार मापक सूचक नेप्से २७.१७ अंकले बढेर नेप्से २८७०.१८ विन्दुमा पुगेको छ । आज २२७ कम्पनीको ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.७६ प्रतिशतले बढेको छ भने बैंकिङ समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४१ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा सेञ्चुरी कमर्शियल बैंकको ३७ करोड र ने