जीवन विकास लघुवित्तको आईपीओमा २ करोड बढीको आवेदन, कतिले भरे ?

Views

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा तीन दिनमै १२ गुणा बढी आवेदन परेको छ । आज(तेश्रो दिन) बेलुकी साढे ५ बजेसम्म सर्वसाधारमा माग गरेको भन्दा १२.६० गुणा बढी आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार यो अवधिसम्ममा १५ लाख २८ हजार ४४१ जना आवेदकले २ करोड ३२ लाख ९२ हजार १३० कित्ता सेयर माग गरेका छन् । जबकी संस्थाले सर्वसाधारणमा मात्रै १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ । आज बिहान साढे १० बजेसम्ममा माात्रै १३ लाख १५ हजार ३१० जनाले संस्थाको सेयर माग गरिसकेका थिए ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने

यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन