नबिल इन्भेस्टमेन्टमा अनलाइनबाटै निःशुल्क डिम्याट र मेरो सेयर खाता खोल्न सकिने

नबिल इन्भेस्टमेन्टमा अनलाइनबाटै निःशुल्क डिम्याट र मेरो सेयर खाता खोल्न सकिने thumbnail
Views

काठमाडौं, १३ असार । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले अनलाइनबाटै निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने सुविधा ल्याएको छ ।

कोभिड १९ को संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नका लागि कम्पनीमा धाउनुपर्ने बाध्याताबाट मुक्त हुन सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागि उक्त सुविधा ल्याएको हो ।

प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्कासनमा लगानी गर्न चाहने लगानीकर्ताका लागि यो सेवा निकै नै फलदायी हुने नबिल इन्भेस्टमेन्टको अपेक्षा छ।

सेवाग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन भन्ने उद्देश्यले कम्पनीले अनलाइनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको छ। जसका लागि खाता खोल्न चाहनेहरुले नबिल इन्भेस्टमेन्टको वेबसाइट www.nabilinvest.com.np मा गई अनलाइन डिम्याटभित्र onlinedemat.nabilinvest.com.np मा क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाइएको छ।

ग्राहकको सम्पूर्ण जानकारी रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नुपर्नेछ।

यसरी आफूले अनलाइनबाट डिम्याट खाताका लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराइने कम्पनीले जनाएको छ। यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाइनबाट खाता खोल्नेहरुका लागिमात्र लागू हुनेछ।

लगानीकर्ता र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्रकै अग्रगामी तथा प्रगतिशिल इन्भेस्टमेन्ट बैंकिङ सुविधाहरु नबिल इन्भेस्टले पछिल्ला दिनहरुमा सञ्चालनमा ल्याउँदै आएको छ।

जसमा लगानी तथा प्राइभेट इक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता