प्रि-ओपनिङमा २८.०४ अंकले बढ्यो नेप्से, ३६ कम्पनीको कारोबार

प्रि-ओपनिङमा २८.०४ अंकले बढ्यो नेप्से, ३६ कम्पनीको कारोबार thumbnail
Views

क्लिकमान्डु २०७८ असार १४ गते १०:५३ मा प्रकाशित

काठमाडौं । सोमबारको प्रि-ओपनिङमा नेप्से २८.०४ अंकले बढेर २८९८.४२ विन्दुमा पुगेको छ ।

आइतबार हरियाली छाएको बजारमा सोमबारको प्रि-ओपनिङमा पनि सकारात्मक देखिएको छ ।

प्रि-ओपनिङमा ३६ वटा कम्पनीको कारोबार भएको छ । जसमा २८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

सेयर मूल्य बढ्ने कम्पनीमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, बेस्ट फाइनान्स कम्पनी, बुटबल पावर कम्पनी, माथिल्लो तामाकोसी हाइड्रोपावर, सानिमामाइ हाइड्रोपावर, कृषि विकास बैंकलगायतका कम्पनी छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा पोखरा फाइनान्स, डेप्रोक्स लघुवित्त, गोर्खाज फाइनान्स, एनसीसी बैंक, सप्तकोशी विकास बैंक लगायतका छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickman