लगानीकर्ता माइक्रोफाइनान्सको सेयरमा झुम्मिए, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

लगानीकर्ता माइक्रोफाइनान्सको सेयरमा झुम्मिए, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी thumbnail
Views

लगानीकर्ता माइक्रोफाइनान्सको सेयरमा झुम्मिए, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

चाणक्य पोष्ट

प्रकाशित : 3:28 pm, सोमबार, असार १४, २०७८

काठमाडौं । सेयर बजारले आफ्नो उकालो यात्रा कायमै राखेको छ । आइताबार दोहोरो अंकले बढेको बजारमा आज ५ अंकले बढेको हो ।

सूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५५ करोड रुपैयाँले बढेको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ५.११ अंकले बढेर नेप्से २८७५.४९ विन्दुमा पुगेको छ । आज २१९ कम्पनीको ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ बराबरको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै २.१९ प्रतिशतले बढेको छ भने लगानी समूह पनि २.१४ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका २१९ कम्पनीमध्ये ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ६७ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्स्योरेन्स र राधी विद्युत् कम्पनी समान ५२ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

यसअघि बैंक र हाइड्रोमा झुम्मिएका लगानीकर्ता आज माइक्रोफाइनान्सको सेयरमा डाइभर्ट भएक