यति एयरलाइन्सले जेट स्टिम विमानको उडान रोक्यो, एटीआरबाट मात्रै उडान गर्ने

यति एयरलाइन्सले जेट स्टिम विमानको उडान रोक्यो, एटीआरबाट मात्रै उडान गर्ने thumbnail
Views

क्लिकमान्डु २०७८ असार १४ गते १५:२८ मा प्रकाशित

काठमाडौं । यति एयरलाइन्सले जेट स्टिम इञ्जिन भएका विमानको उडान बन्द गरेको छ ।

गुण एयरले खरिद गर्ने भनिएका यति एयरलाइन्सका ५ वटा जेट स्टिम इञ्जिन विमान अब उडान नगर्ने यति एयरलाइन्सका सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यति एयरलाइन्सले ५ वटा जेट विमान गुण एयरलाइन्सले बिक्री गर्ने भनिए पनि हस्तान्तरण नभएकाले पछिल्लो समयसम्म उडान गरिरहेको थियो ।

‘निषेधाज्ञाका कारण आन्तरिक उडान बन्द नहुँदासम्म जेट स्टिम विमानबाट उडान भइरहेको थियो । तर असार १७ गतेदेखि हुने उडान तालिकामा जेट स्टिम विमानलाई राखिएको छैन,’ उनले भने ।

उनका अनुसार अब यति एयरलाइन्सले ५ वटा एटीआर ७२ विमानबाट मात्रै उडान गर्नेछ ।

बर्तौलाका अनुसार असार १७ गतेदेखि हुने आन्तरिक उडानमा तत्कालका लागि यति एयरलाइन्सले ७ वटा गन्तव्यमा दैनिक काठमाडौंदेखि १५ वटा उडान गर्नेछ ।

जसमा जेट स्टिम विमान उडान नगर्ने भएपछि तत्कालका लागि काठमाडौंदेखि भरतपुर र तुम्लिङटारमा उडान हुने छैन ।

‘पहिले जेट स्टिम विमान हुँदा ती गन्तव्यमा उडान भइरहेको थियो, तर अब ती विमानबाट उडान नगर्ने भएपछि दुई वटा गन्तव्यमा तत्काल उडान हुँदैन,’ उनले भने ।

यति एयरलाइन्सबाट गुण एयरले विमान खरिद गरे पनि ६ महिनासम्म प्राविधिक रुपमा यति एयरलाइन्सले नै सहयोग गर्नेछ ।

‘६ महिनासम्मका लागि टेक्निकल मेन्टिनेन्सदेखि पाइलट र एयर होस्टेससम्मका