जीवन विकास लघुवित्तको आईपीओमा १५ गुणा बढी आवेदन, कहिलेसम्म भर्न पाइन्छ ?

Views

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा हालसम्म १५ गुणा बढी आवेदन परेको छ । आज(असार १४ गते) साँझ साढे ५ बजेसम्ममा २ करोड ७९ लाख ८ हजार ९६० कित्ता सेयरकाे लागि आवेदन परिसकेकाे संस्थाकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १५.१० गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा जम्मा १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ ।

क्यापिटलका अनुसार यो अवधिसम्ममा १८ लाख ४७ हजार ०५१ जनाले सो मात्राको सेयर माग गरेका हुन् । यससँगै उक्त सेयरमा भोलि (असार १५ गते) सम्म आवेदन दिन पाइने छ । इच्छुकले भोलि अपरान्ह ५ बजेभित्र संस्थाको आईपीओमा आवेदन दिन पाउने छन् ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने

यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म म