राजस्व असुली घटेपछि चुहावट नियन्त्रणमा आक्रामक भएर जाने केन्द्रीय अनुगमन समितिको निर्णय

राजस्व असुली घटेपछि चुहावट नियन्त्रणमा आक्रामक भएर जाने केन्द्रीय अनुगमन समितिको निर्णय thumbnail
Views

क्लिकमान्डु २०७८ असार १४ गते १८:४४ मा प्रकाशित

काठमाडौं । कोभिड १९ महामारीका कारण अर्थतन्त्र खुम्चिएको र त्यसका असर राजस्व असुलीमा पनि देखिएका बेला राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिले राजस्व अनुगमन र चुहावट नियन्त्रणका काममा आक्रामक भएर जाने निर्णय गरेको छ ।

सोमबार राजस्व अनुसन्धान विभागका महानिर्देशक तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका संयोजक राम प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

राजस्व चुहावट जोखिमका क्षेत्रहरु पहिचान गर्ने, सूचना प्रविधिको प्रयोगसँगै आर्थिक अपराधमा देखा परेका चुनौतीहरु एवं नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीतिहरु तथा कोभिड-१९ र यसले राजस्व संकलनमा पारेका असरहरुलगायत विषयलाई मध्येनजर गरी राजस्व अनुसन्धानका काम तीव्र पार्ने समितिले र्निणय गरेको हो ।

राजस्व संकलनलाई परिणाममूखि बनाउने तथा राजस्व चुहावट नियन्त्रणका कार्यलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न अन्तर निकाय समन्वयमा जोड दिने र जिल्लास्थित राजस्व चुहावट अनुगमन समितिको कार्यादेश परिमार्जन गरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति समक्ष पेश गर्ने पनि समितिले निर्णय गरेको छ ।

त्यस्तै, राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको संरचनामा परिमार्जनका लागि सिफारिस गर्ने पनि निर्णय भएको छ ।

बैठकमा कोभिड(१९ को विषम परिस्थितिमा व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहजीकरण गर्ने र सँगसँगै राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने विषयलाई प्रमुखताका साथ उठाइएएको समितिको बैठक पछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

उक्त बैठकमा समितिका सदस्यहरु क्रमशस् भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, शसस्त्र प्रहरी बल, नेपालका नायव-महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनि