९० प्रतिशत निर्माण सम्पन्न हुँदा यस्तो देखियो चोभारको सुख्खा बन्दरगाह (फोटो फिचर)

View

काठमाडौं । चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ ।

इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरीसकिने बताउनुभएको छ । बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको, बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको र साथै केही बाँकी रहेका काम पनि यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने उहाँले बताउनुभयो ।

विरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमै क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मुल्यलाई घटाउन योगदान गर्ने उहाँले बताउनुभयो । बन्दरगाहको लागत अनुमान भने १ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।