३ लघुवित्तको सेयर बजार मूल्यभन्दा सस्तोमा किन्ने अवसर, कुनको भाउ कति ?

३ लघुवित्तको सेयर बजार मूल्यभन्दा सस्तोमा किन्ने अवसर, कुनको भाउ कति ? thumbnail
Views

३ लघुवित्तको सेयर बजार मूल्यभन्दा सस्तोमा किन्ने अवसर, कुनको भाउ कति ?

चाणक्य पोष्ट

प्रकाशित : 12:52 pm, आइतबार, असार ६, २०७८

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका ३ वटा लघुवित्तको संस्थापक (प्रमोटर) सेयर लिलामी मार्फत विक्रीमा ल्याएको छ । बैंकले आजदेखि ३ लघुवित्तको कम्पनीको ३ लाख ८३ हजार ४३३ कित्ता प्रमोटर सेयर लिलामी विक्री खुला गरेको हो ।

बैंकले मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता, आरएमडीसी लघुवित्तको २ लाख ८६ हजार १९५ कित्ता र महुली सामुदायिक लघुवित्तको ५५ हजार ५७० कित्ता सेयर लिलामीमा ल्याएको हो ।

बैंकले लिलामीमा ल्याएको सेयरमा असार ११गतेसम्म गोप्य शिलबन्दी मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सबै कम्पनीको सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन