असार १५ गतेसम्म २७ प्रतिशत धान रोपाईं सकियो

असार १५ गतेसम्म २७ प्रतिशत धान रोपाईं सकियो thumbnail
Views

क्लिकमान्डु २०७८ असार १५ गते ११:५१ मा प्रकाशित

काठमाडौं । आज देशभर १८औं राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ विशेष धान रोपाईंका दिन मानिने भएकाले आज देशभर धान रोपाईं हुने भएको छ ।

हालसम्ममा २७.१२ प्रतिशतले धार रोपाईं सम्पन्न भएको छ । देशभरका सातै प्रदेशमा उक्त क्षेत्रफलमा रोपाईं भएको हो ।

प्रदेश १ मा २ लाख ७५ हजार ९ सय १ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुने भए पनि हालसम्ममा ४९ हजार ६ सय २३ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाईं भएको छ । जुन १७.९९ प्रतिशतले मात्रै धान रोपाईं सम्पन्न भएको छ ।

प्रदेश २ मा ३ लाख ६५ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुने भएको छ । हालसम्ममा उक्त प्रदेशमा ३८ हजार ५ सय ८६.८४ हेक्टर क्षेत्रफल अर्थात् १०.५५ प्रतिशतले धान रोपाईं भएको छ ।

त्यसैगरी, बाग्मती प्रदेशमा २४ हजार २ सय ८८.४४ हेक्टर क्षेत्रफलमा धान रोपाईं भएको छ । १ लाख १५ हजार २ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुने बाग्मती प्रदेशमा हालसम्ममा २१.७ प्रतिशतले धान रोपाईं भएको छ ।

गण्डकी प्रदेशमा १ लाख ८ हजार २ सय ७८ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुनेमा हालसम्ममा १५.५४ अर्थात् १६ हजार ६ सय १२ हेक्टरमा मात्रै धान रोपाईं भएको छ ।

त्यसै गरी लुम्बिनी प्रदेशमा १ लाख १९ हजार ४ सय ५६ हेक्टर क्षेत्रफलमा धान रोपाईं भएको छ । जुन ४५.९४ प्रतिशतले धान रोपाईं सम्पन्न गरेको छ । उक्त प्रदेशमा ३ लाख ३ हजार ५ सय १३ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुनेछ ।

कर्णाली प्रदेशमा ३८ हजार ३ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुनेछ । त्यसमध्ये अहिलेसम्ममा २३ हजार ८ सय ५० हेक्टर क्षेत्रफल अर्थात् ६२.१४ प्रतिशत धान रोपाईं भएको छ । साथै, सुदूपश्चिम प्रदेशमा १ लाख ६४ हजार ६ सय ३९ हेक्टर क्ष