सेयर बजार फेरि गयो पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

सेयर बजार फेरि गयो पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी thumbnail
Views

सेयर बजार फेरि गयो पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

चाणक्य पोष्ट

प्रकाशित : 3:29 pm, मंगलबार, असार १५, २०७८

काठमाडौं । सेयर बजारमा फेरि ठूलो गिरावट आएको छ । यससाता शुरुका दुई दिन केही सम्हालिए पनि बजार फेरि ओरालो लागेको हो ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएके छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्बले घटेर पौने ७ अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ४७.५० अंकले घटेर नेप्से २८२८ विन्दुमा आइपुगेको छ । आज २२३ कम्पनीको ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँ बराबरको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये माइक्रोफाइनान्स बाहेक सबै समूहको परिसूचक राताम्मे भएका छन् । माइक्रोफाइनान्स समूह २६.४ अंकले बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.११ प्रतिशत, विकास बैंक ३.९५ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीमध्ये जम्मा ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३० कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ५० करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल हाइड्रो ३७ करोड र एचआइडीसीएल २९ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

उच्च अंकले घटेको