मध्यपहाडी राजमार्गमा ८६ पुलको निर्माण पूरा, २१ वटा ठेक्का लाग्‍नै बाँकी

मध्यपहाडी राजमार्गमा ८६ पुलको निर्माण पूरा, २१ वटा ठेक्का लाग्‍नै बाँकी thumbnail
Views

मध्यपहाडी राजमार्गमा ८६ पुलको निर्माण पूरा, २१ वटा ठेक्का लाग्‍नै बाँकी

चाणक्य पोष्ट

प्रकाशित : 1:52 pm, मंगलबार, असार १५, २०७८

काठमाडौं । राष्ट्रिय गौरवको मध्यपाहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइन अनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयल जनाएको छ ।

आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झौता हुन बाँकी रहेको निर्देशनालयका प्रमुख अर्जुन अर्यालले बताए । उनका अनुसार हालसम्म २२ पुल निर्माणाधीन छन् भने र २१ पुल ठेक्का हुन बाँकी छ ।

निर्माण शुरु हुन बाँकी पुलमध्ये अहिले सात पुलका ठेक्का भइसकको र चार वटा ठेक्का सम्झौताका लागि सूचना निकाल्ने चरणमा थियो ।

ती बाहेकका अरु पुलसमेत ठेक्का निकाल्ने क्रममा भए पनि निषेधाज्ञाका समयमा ठेक्का निकाल्न नपाइने सर्वोच्च अदालतको निर्णयका कारण अघि बढ्न नसकिएको उनले बताए । उनले भने, ‘दुईचार वटा पुलका ठेक्का निकाल्ने तयारी भए पनि कोभिड र निषेधाज्ञाको कारणले सकिएको छैन ।’

चालू आवमा सो आयाजनामा अहिलेसम्म तीन पुल मात्रै सम्पन्न भएको छ । त्योभन्दा धरै सङ्ख्यामा सम्पन्न गर्न लक्ष्य भएपनि विभिन्न समस्याका कारण लक्ष्यअनुसार नभएको उनले बताए ।

हाल निर्माणाधीन २२ पुलमध्ये सात सक्ने लक्ष्य भए पनि त्यसअनुसार प्रगति नभएको उहाँका भनाइ छ । उनले भने, ‘अझै पनि मसान्तसम्ममा केही सङ्ख्या थपिनसक्छ ।’

मध्यपहाडका विभिन्न जिल्लालाई जोड्ने सो राजमार्गलाई देशको मध्यपाहाडको विकासको आधारमा रूपमा सरकारले अघि बढाएको छ । पूर्व–पश्चिम