नागरिक लगानी कोषका योगदानकर्ताले थप १ प्रतिशत प्रतिफल पाउने

नागरिक लगानी कोषका योगदानकर्ताले थप १ प्रतिशत प्रतिफल पाउने thumbnail
Views

क्लिकमान्डु २०७८ असार १५ गते १६:०२ मा प्रकाशित

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट १ प्रतिशत थप प्रतिफल दिने भएको छ ।

अवकाश कोष सञ्चालन कार्यविधि, २०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने कोषले जनाएको छ ।

यस प्रयोजनका लागि करिब १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई बितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरुको खातामा जम्मा गरि सकेको पनि कोषले जनाएको छ । कोषले यस कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तररुपमा दिने नीति लिएको छ ।

साथै, नागरिक लगानी कोषबाट संचालित अन्य कार्यक्रम (ट्रस्टी) हरुमा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको कोषले जानकारी दिएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्