४७ अंकले घट्यो नेप्से, लगानीकर्ताको आकर्षण माइक्रोफाइनान्समा

४७ अंकले घट्यो नेप्से, लगानीकर्ताको आकर्षण माइक्रोफाइनान्समा thumbnail
Views

क्लिकमान्डु २०७८ असार १५ गते १६:०० मा प्रकाशित

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार रातम्मे भए छ । अधिकांश सूचकहरु नकारात्मक हुँदा माइक्रोफाइनान्सतर्फ पनि पोजिटिभ देखिएको छ ।

यो दिनको कारोबारमा नेप्से परिसूचक ४७.५० अंकले घटेर २८२८ विन्दुमा सीमित भएको छ । यो दिन १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा ओरियन्टल होटल, गुँरास लघुवित्त, सामूदायिक लघुवित्त, तारागाउँ रिजेन्सी होटल, सिभिल लघुवित्त र निर्धान उत्थान लघुवित्तलगायतका कम्पनी छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा प्रोग्रेसिभ फाइनान्स, एचआइडीसीएल, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट, सेन्ट्रल फाइनान्सलगायतका कम्पनी छन् ।

ट्वीटरमा हामीलाई फलो गर्न