कामना सेवा विकास बैंकले एकैदिन खोल्यो २ वटा शाखा

Views

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं उपत्यकामा एकैदिन २ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको स्वयम्भू र भक्तपुरको जगातीमा आफ्नो १२६ औं र १२७ औं शाखा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरेको हो ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाहरुको उद्घाटन गरेका हुन् ।

उक्त समारोहमा बैंकका संचालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरु उपस्थित भएका थिए भने अन्य सञ्चालकको भर्चुअल उपस्थिति रहेको थियो ।

यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको छ ।

यससँगै अब बैंकले १२७ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा