एनएमबि सापटी २.०: २४ सै घण्टा सातै दिन आवेदन दिएको ५ मिनेटमा कर्जा पाइने

View

काठमाडाैं । एनएमबि बैंकले एनएमबि सापटी २.०, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको छ ।

यस याेजना अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने जनाएको छ ।

यो ‘नेपालमै पहिलो पटक’ २४ अ‍ै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सापटीकाे निरन्तरता रहकाे बैंकले जनाएकाे छ । यस सेवा बैंकसम्म नधाईकनै मोबाइलकाे प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ ।

एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो बिनाको कर्जा हो ।

एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिना सम्मको लचिलो अवधि सहित २ लाखसम्म २४ अ‍ै घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने छ ।