यात्रुसँग बढि भाडा लिने ८ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

View

काठमाडौं । यात्रुसँग तोकिएकोभन्दा बढि भाडा लिने ८ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडाैं बाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढि भाडा लिई ठगी गर्ने ८ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, वर्ष ३८ का कुशलराम बस्नेत, वर्ष २८ का गिम बहादुर गाहा मगर, रूपन्देहीका वर्ष ३६ का दिप नारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल रहेका छन् ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।

यस्तै काठमाडाैं बा१६च २१८४ नम्बरको प्राईभेट गाडीमा उदयपुरसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ बर्षे राकेश रसाईली पक्राउ परेका छन । रसाईलीले प्रति यात्रुसँग ३ हजार रूपैयाँका दरले भाडा लिएका थिए ।

यसैगरी चाबहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रति व्यक्ति ५ हजारसम्म भाडा लिने २५ वर्षका झनक बहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ । घिमिरेले ना१ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढि भाडा लिएपछि पक्राउ परेका हुन ।

पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागी प्रहरी बृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोरोनाभाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञा पश्चातको यो अवधीमा उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएकोभन्दा आठ गुणा बढिसम्म भाडा लिई यात्रुल