सामाजिक सुरक्षा कोषको विरुद्धमा उत्रिए बैंकर, सेवा नै ठप्प पार्ने चेतावनी

View

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु सामाजिक सुरक्षा कोषले गरेको बाध्यकारी नियमप्रति असहमति जनाउँदै सडकमा निस्केका छन् । सामाजिक सुरक्षा कोषको निरन्तर विवादपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु सडकमा उत्रिन बाध्य भएका हुन् ।

यसअघि सामाजिक सुरक्षा कोष र बैंकहरुबिच भएको विज्ञप्ति जुहारीपछि वित्तीय संस्थाका कर्मचारीहरुले अहिले सामाजिक सुरक्षा कोषको विरोधमा सडकमा उत्रिएका हुन् । पहिलो चरणको आन्दोलनमा उनीहरुले आफ्नो संस्था अगाडि कालो ब्यानर राखेका छन् ।

अहिले विभिन्न वाणिज्य बैंक र बीमा कम्पनीहरु अगाडि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन यस कारण असहमति भएको भन्दै कालो ब्यानर झुण्ड्याएका छन् ।

आइएलओ अभिसम्बन्धि १९४९ नागरिको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको संस्थागत हक र सामूहिक सौदाबाजी गर्न पाउने हक कुण्ठित हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको, खाइपाई आएको सेवा सुविधा घट्ने र तीन दशक लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने, सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई बाध्यकारी भएको र न्यूनतम ज्याला पारिश्रमिकबाट वञ्चित बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेको भन्दै सामाजिक सुरक्षा कोषमा सहभागी हुने वित्तीय संस्थाका कर्मचारीहरुले मानिरहेका छैनन् ।

यी विभिन्न विषयमा संशोधन गर्ने सहमतिपछि मात्रै आफुहरु कोषमा आवद्ध हुन सक्ने उनीहरुको धारणा छ । मंगलबार मात्रै सामाजिक सुरक्षा कोषको विरोध गर्दै माछापुच्छ्रे बैंकका कर्मचारीले आन्दोलन गरेका थिए। यस्तै, नबिल बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक र एरभेष्ट बैंकका कर्मचारी पनि विरोधमा उत्रिएका छन् ।

सामाजिक सुरक्षा कोषसँग पटक–पटक वार्ता गर्दा पनि कुनै सुनुवाइ नभएपछि आन्दोलन नै गर्नु परेको वित्तीय संस्था कर्मचारी संघका उपाध्यक्ष पर्शुराम खनालले बताए ।

‘हामीले पहिलो चरणको आन्दोलन अनुसार संस्थामा कालो व्यानर राख्ने कुरा भएको छ, त्यसपछि कालो पट्टी बाँधेर सेवा दिने र त्यसपछि पनि हाम्रा मागहरु सुनुवाई नभए सेवा नै अवरुद्द गर्ने तयारी गरेका छौं,’ उनले भने ।

यता सामाजिक सुरक्षा कोषले भने बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोषमा आवद्ध हुन निर्देशन दिइरहेको छ । यसअघि नै नेपाल वित्तीय संस्था कर्मचारी संघले विभिन्न २९ वटा बैंक तथा वित्तीय संस्थाका ट्रेड युनियनले सयुंक्त विज्ञप्ति निकालिसकेको छ ।

उनीहरुले नेपालको संविधानमा व्यवस्था भएका समानताको हक, सम्पत्तिको हक, श्रमको हक र उपभोक्ताको हक जस्ता मौलिक हकहरुको प्रतिकुल हुनेगरी योगदानमा आध